ブログ

ポッドキャスト

ポッドキャスト RSS

2024.10.17[Thu] 09:00

【नाकासु महोत्सव】

क्युसु क्षेत्रको सबैभन्दा ठूलो मनोरञ्जन क्षेत्र, नाकासुमा आयोजना हुने रंगीन उत्सव नाकासु महोत्सवबारे थाहा छ? यो महोत्सव नाकासुमा आउने पाहुनाहरूलाई १ वर्षभरि दिएको साथ र समर्थनको लागि धन्यवाद दिन मनाइन्छ।

यस वर्ष, महोत्सव अक्टोबर २५ र २६, अर्को हप्ता शुक्रबार र शनिबार राति आयोजना हुन गईरहेको छ।

नाकासु ओडोरी सडक पैदलयात्रीहरूको लागि खुला गरिनेछ, जहाँ करिब ६० वटा रेस्टुरेन्टहरुको गाडी हुनेछन्। यस महोत्सवको मुख्य आकर्षण भनेको ५०० जना महिलाहरूले "मिकोशी" (धार्मिक खत) उठाएर नाकासुमा परेड गर्ने "नाकासु कुनिहिरो ओन्ना मिकोशी" हो। त्यस्तै, रंगीचंगी उज्याला पहिरन लगाएका "ओइरान्" (पारम्परिक जापानी दरबारका महिला) हरूले बिस्तारै शहरभरि गरिने परेड "ओइरान् डोच्यु" पनि हो। यी दृश्यहरू यस महोत्सवमा मात्र हेर्न पाइन्छ।

त्यसका साथै, शो र लाइभ स्टेज कार्यक्रमहरूको पनि मनोरञ्जन लिन सक्नुहुन्छ।

वर्षमा एक पटक मात्र देख्न पाइने नाकासुको रातको रमाइलोमा सहभागी भएर हेर्दा कसो होला।

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

"निहोन्गो स्याबेरी बा (にほんごしゃべり場 )In Tenjin को परिचय"

जापानी व्यक्तिहरूसँग "जापानी भाषा" मा कुराकानी गरेर रमाइलो गर्न चाहनुहुन्छ?

विदेशी र जापानीहरूबीच कुराकानी गर्न सकिने रमाइलो कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम नोभेम्बर २३ मा, दिउँसो २ बजेदेखि ४ बजेसम्म, च्युओउ वार्ड, तेन्जिनस्थित ACROS Fukuoka मा हुनेछ।

कार्यक्रममा, विदेशी र जापानी सहभागीहरूले एकअर्कासँग आमने-सामने भएर दुईवटा घेरा बनाउनेछन्। हरेक १ मिनेटमा, विभिन्न विषयमा एक-एकजनासँग कुरा गर्नेछन्, त्यसपछि सीट परिवर्तन गरेर अर्को व्यक्तिसँग कुराकानी गर्नेछन्।

यस कार्यक्रमलाई संस्कृति विभागका क्षेत्रीय जापानी शिक्षा सल्लाहकार, शिनतारो फुकाएले सञ्चालन गर्नेछन्। सहभागीहरूले पालैपालो नयाँ व्यक्तिहरूसँग कुरा गर्ने अवसर पाउनेछन्।

सहभागिता निःशुल्क छ, तर अग्रिम आवेदन आवश्यक छ। सहभागी संख्या ३० जनामा सीमित छ, र पहिलो ३० जनाले मौका पाउनेछन्। आवेदनका लागि "にほんごしゃべり場 In Tenjin" भनेर खोज्नुहोस्।

कुराकानी गर्दै रमाइलो गर्नुहोस् र सीमापारीका नयाँ सम्बन्धहरू बनाउनुहोस्!

 

 

"२२औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता" सुन्न जानुहुन्न?

अक्टोबर २७ आइतबार दिउँसो १२:३० बजे देखि "२२ औं पटकको विदेशीहरूका लागि जापानी भाषामा वक्तित्व प्रतियोगिता आयोजना हुन गईरहेको छ। यस प्रतियोगितामा, फुकुओका सहर क्षेत्रमा रहेका कक्षाहरू वा स्कूलहरूमा जापानी भाषा सिकिरहेका विदेशीहरू र सीपमूलक तालिम विद्यार्थीहरूले फुकुओकामा बस्दा अनुभव गरेका कुराहरू वा आफ्नो भविष्यका सपना जस्ता विभिन्न विषयहरूमा जापानी भाषामा वक्तव्य दिनेछन्।

कार्यक्रम स्थल फुकुओका सहरको चुओ वार्ड रोप्पोनमाचुमा रहेको फुकुओका सिटी साइन्स म्युजियमको साइन्स हलमा हुनेछ। प्रवेश शुल्क निःशुल्क छ, र आउने व्यक्तिहरूलाई कुनै अग्रिम बुकिङको आवश्यकता छैन।

प्रतियोगीहरूले दैनिक रुपमा सिकेका कुराहरूको उपलब्धि अवश्य आउनुहोला!

अधिक जानकारीको लागि, सार्वजनिक हित समावेशी फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसन, जापानी भाषामा वक्तित्व प्रतियोगिता कार्यान्वयन समितिको फोन नम्बर (०९२-२६२-१७४४) मा सम्पर्क गर्नुहोस्।

2024.10.10[Thu] 09:00

【आँखा सुरक्षा दिवस】

अक्टोबर १० तारिकलाई "आँखा सुरक्षा दिवस" भनेर मनाइन्छ, जुन दिन आँखा जोगाउन र स्वास्थ्यमा ध्यान दिनुपर्छ भन्ने सन्देश दिन्छ।

आजकल धेरै मानिसहरू हरेक दिन स्मार्टफोन, कम्प्युटर, र ट्याब्लेट प्रयोग गर्छन्। तर, लामो समयसम्म यी उपकरणहरूको प्रयोगले आँखामा चाप पर्न सक्छ, जसले गर्दा दृष्टि कमजोर हुनुका साथै काँध दुख्ने, टाउको दुख्ने, वा वाकवाकी लाग्ने जस्ता समस्याहरु पनि देखा पर्न सक्छन्। अहिलेको जमानामा काम वा अध्ययनको लागि यी उपकरणहरूको प्रयोग आवश्यक हुन्छ, तर प्रयोग गर्दा आँखाको हेरचाह गर्ने कुरा बिर्सनु हुँदैन।

लामो समयसम्म काम गर्दा ध्यान दिनुपर्ने कुराहरू:

  • ढाड सिधा राखेर, आँखा र उपकरणबीचको दूरी ३० सेन्टिमिटरभन्दा टाढा राख्नुहोस्।

  • टेबल र कुर्सीको उचाइ, बत्ती, र प्रकाशको व्यवस्थालाई ठीक गर्नुहोस्, र प्रत्येक १ घण्टामा १०-१५ मिनेट आँखा आराम दिनुहोस्।

  • नियमित रूपमा आँखा झिम्क्याएर आँखा भिजाइराख्नुहोस्।

  • कहिलेकाहीँ टाढा हेर्नुहोस् वा हरियाली र प्रकृतिमा ध्यान दिनुहोस्।

  • थकान महसुस हुँदा न्यानो तोलिया प्रयोग गरेर आँखालाई आराम दिनुहोस्।

  • यदि तपाईले चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग गर्नुहुन्छ भने, बेला–बेला जाँच गरी सही नम्बरको प्रयोग गर्नुहोस्।

  • सूर्यको किरणले पनि आँखा डढाउँछ, त्यसैले सनग्लास लगाएर सुरक्षाका उपायहरू अपनाउनुहोस्।

  • पर्याप्त निद्रा र पोषण पनि आँखा स्वास्थ्यको लागि महत्त्वपूर्ण छ।

दैनिक जीवनमा आँखा स्वस्थ राख्न यी उपायहरू अनुसरण गर्न प्रयास गरौं।

 

 

【फुकुओका शहर/फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना】

"Environmental Festival Fukuoka 2024 को परिचय"

यो हप्ता, अक्टोबर २६ (शनिबार) र २७ (आइतबार) गरि दुई दिनको लागि, फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबा र सोलारिया प्लाजा १ तलामा आयोजना हुन गईरहेको कार्यक्रम "Environmental Festival Fukuoka 2024" को बारेमा जानकारी छ।

कार्यक्रम बिहान १० बजे देखि साँझ ४ बजे सम्म हुनेछ। प्रवेश निःशुल्क छ।

फुकुओका सिटी हलको पश्चिमपट्टि रहेको फुरेआई हिरोबामा, स्वादिष्ट र रमाइलो किचन कारहरू हुनेछन्! पर्यावरणमैत्री खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाईएको किमा करि र मिठाईहरू उपलब्ध हुनेछन्।साथै, फुकुओकाको बास्केटबल टोली "राइजिंग जेफर" को सहयोगमा, जल्ने फोहोर, नजल्ने फोहोर तथा प्लास्टिक बोतलहरू जस्तै देखिने बललाई हानेर सही ठाउँमा फ्याँक्ने खेलमार्फत, फोहोर छुट्याउने तरिका सिक्न सक्नुहुन्छ। 

हलिवुड चलचित्रमा देखिने "डेलोरियन" कार पनि प्रदर्शन गरिनेछ। यो कारभित्र बसेर फोटो खिच्न सकिन्छ। साथै, त्यहाँफ्री मार्केट पनि हुनेछ।

सोलारिया जेफरमा, स्कुल र कलेज विद्यार्थीहरूले पृथ्वी बचाउन नायक बन्ने उद्देश्यले क्विज खेल्नेछन्, जहाँ रमाइलो तरिकाले वातावरणको बारेमा सिक्न सकिन्छ। "फुकुओकाको फोहोरबाट बनेको कला प्रदर्शनी" मा तपाईको दैनिकीलाई कलाको माध्यमबाट देखाइनेछ। त्यहाँ स्टाइलिश र पर्यावरणमैत्री सामानहरूको बिक्री पनि गरिनेछ।

बालबालिकादेखि वयस्कहरूसम्मले रमाइलो गर्दै वातावरणको बारेमा धेरै कुरा सिक्न सक्ने विभिन्न गतिविधिहरू हुनेछन्। " Environmental Festival Fukuoka 2024" मा सहभागी भई नजिकको इको-फ्रेन्डली कुराहरूको अनुभव गरौं र रमाइलो गरौं!

 

 

“अक्टोबर २२ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना


तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमाहरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ।

अक्टोबरमा यो कक्षा २२ तारिकमा सञ्चालन हुनेछ।

समय बिहान १०:३० देखि ११:३० सम्म हो।

अक्टोबर महिनाको विषयवस्तु "अभिभावक-बच्चा उद्धार तालिम" हो। बच्चाहरूको आकस्मिक घटनाको लागि तयारी गर्न, फुकुओका सिटी विपद् व्यवस्थापन केन्द्रका कर्मचारीहरूबाट जीवनरक्षक प्राथमिक उपचार विधिहरू सिक्न सक्नुहुन्छ।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनकोहोमपेज वा फेसबुकमा हेर्नुहोस्।

2024.10.03[Thu] 09:00

【शरद ऋतुको स्वाद】

गर्मी कम हुँदै, शरद ऋतुको स्वादहरू अझै मिठो हुँदै आएको यो मौसममा, यो हप्ता, मौसमी स्वादिष्ट तरकारीहरूको जानकारी लिएर आएकी छु।

शरद ऋतुको मुख्य परिकारहरू जस्तै " सखरखण्ड", "फर्सी", "चेसनट", जुन वर्षभरि खान पाइन्छ, तर यो समयमा पाक्ने हुँदा, यसको मिठास र स्वाद अझ बढ्छ। हल्का भुटेर वाटेम्पुरा गरेर, भात, सीच्यु, उमालेर वा बेक गरेर विभिन्न परिकारमा मजा लिन सकिन्छ। 

यस बाहेक, "रेन्कोन" र "गोबो" जस्ता जराहरू हल्का भुटेर वाटेम्पुरा वा चिप्स बनाएर पनि स्वादिष्ट हुन्छ। पिसेको मासु वा अन्य मासुका परिकारसँग पनि राम्रो जम्छ।

अनि, महँगो भए तापनि , यो समय मात्रै पाइने "माचुटाके" च्याउ, जसको सुगन्ध र स्वादको मजा ग्रिल गरिएको भात, ताकिकोमी भातवा माटोको भाँडोमा भापिएको भात बनाएर लिन सकिन्छ।

माछामा, नुन मात्र हालेर ग्रिल गर्दा उत्कृष्ट "सान्मा", बोसो भएको "साबा", "शरदकालीन साल्मोन", काँचो वा ताताकिमा स्वादिलो "मोदोरी खाचुओ", अनि सजिलै पकाउन मिल्ने "मादाई" सबै शरद ऋतुमा विशेष स्वादका पाइन्छन्। पक्कै पनि ताजा मौसमी माछाको स्वाद लिनुहोस्।

फलहरूमा, "नास्पाती", "अङ्गुर", "हलुवाबेद", र "स्याउ" छन्। त्यसलाई त्यस्तै खानु मात्र होइन, सलाद वा जाम बनाएर पनि मजा लिन सकिन्छ। यो समयमा मात्रै पाइने मिठाईहरू पनि थरिथरिका छन्।

शरद ऋतुमा स्वादिष्ट परिकारहरू प्रशस्तै पाइन्छन्! मौसमी खानेकुरा पोषक तत्वले भरिएको हुने भएकोले,  शरद ऋतुका स्वादहरूको भरपुर आनन्द लिनुहोस्!

 

 

【फुकुओका शहरको सूचना】

The Creators 2024

रचनात्मक रमनोरञ्जन अनुभव गर्न सकिने कार्यक्रम "The Creators 2024"को सूचना छ।

यस वर्ष पनि नवीनतम मनोरञ्जनका बिषयवस्तुहरू र प्रविधिको उपयोग गरिएको सामग्रीहरू प्रस्तुत गर्ने योजना रहेको छ।

यस वर्षको कार्यक्रम दुई हप्ता, अक्टोबर ५ (शनिवार) र ६ (आइतवार), साथै १२ (शनिवार) र १३ (आइतवार) मा आयोजना हुनेछ। पहिले दुई दिनमा मात्र अनुभव गर्न नसकिएका विविध सामग्रीहरूलाई यस पटक विस्तारमा, आरामसँग अनुभव गर्न सक्नुहुन्छ।

पहिलो हप्ताको अक्टोबर ५ (शनिवार) र ६ (आइतवार) मा, ध्वनि र दृश्यको माध्यमबाट अनौठो अनुभव प्रदान गर्ने लोकप्रिय इभेन्ट "खेल्न सकिने! डिजिटल आर्ट प्रदर्शनी", साथै प्रोग्रामिङ र हस्तकलाको कार्यशाला, र फुकुओकाको क्रिएटिभ कम्पनीले विकास गरेको 3D नृत्य सिर्जना गर्ने AI सेवा "सबैभन्दा शक्तिशाली AI डान्सर" को प्रयोग गरेर AI डान्स शो Fukuoka City Science Museum मा आयोजना हुनेछ।

दोस्रो हप्ताको अक्टोबर १२ (शनिवार) र १३ (आइतवार) मा, विशाल लाइटिंग र स्क्रीनमार्फत प्रदर्शन गरिएको स्टेजमा क्रिएटरहरू र कलाकारहरूको लाइभ, साथै eSports का प्रो खेलाडीहरू र विद्यार्थीहरूबीचको बटल स्टेज, "इमर्सिभ" विषयको अन्तर्गतका अनुभवात्मक बूथहरू, VR अनुभव गर्न सकिने ट्रक जस्ता विविध सामग्रीहरू फुकुओका सिटी हल पश्चिमी क्षेत्रमा रहेको फुरेआइ हिरोबामा आयोजना हुनेछ।

त्यस बाहेक, फुकुओकाको नगरपालिकाको पहिलो तल्लाको लबीमा, लोकप्रिय मंगाओसिनोकोको संसारलाई अनुभव गर्न सकिने नयाँ इमर्सिभ स्पेस "मंगा डाइभ" को स्याटेलाइट स्थल पनि राखिएको छ। Fukuoka Asian Art Museum मा भने, लोकप्रिय फिल्म "समर वार्स"को प्रर्दशन र फिल्म निर्माणको अनुभव प्रदान गर्ने कार्यशाला जस्ता कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। यी सबै स्थलहरूको प्रवेश निःशुल्क हुनेछ।

"क्रिएटिभ सहर फुकुओका" मा नयाँ संस्कृतिको र प्रविधिको सम्पर्कमा आउँदै, चार दिनको उत्कृष्ट मनोरञ्जन र नवीनतम प्रविधिको अनुभव लिनुहोस्!

2024.09.26[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【MUSIC CITY TENJIN 2024】

सेप्टेम्बर महिनालाई फुकुओकामा "म्यूजिक मन्थ" को रूपमा मनाइन्छ। सेप्टेम्बरभरि फुकुओका संगीतले भरिन्छ।

यस हप्ताको अन्त्यमा आयोजना हुने कार्यक्रम हो, 【MUSIC CITY TENJIN 2024】

। यो क्यूसुको सबैभन्दा ठूलो संगीत लाइभ इभेन्टहरुमध्ये एक हो। तेंन्जिनको विभिन्न स्थानहरूमा विशेष स्टेजहरूठडिएका हुन्छन् जसले गर्दा फुकुओका तेंन्जिन क्षेत्रलाई पूरै एक उत्सव स्थलमा परिवर्तन गर्दछ। 

यस वर्ष २०औं वार्षिकोत्सव मनाइँदैछ, र संगीतको माध्यमबाट जोडिऔंभन्ने नाराका साथ मुख्य स्थल फुकुओका सिटी हलको पश्चिम तर्फ २८ र २९ तारिक शनिबार र आइतवारमा रहेको फुरेआई हिरोबा हुनेछ। साथै विशेष स्टेजहरू सोरारिया प्लाजा र फुकुओका मिचुकोशी लायन हिरोबामा २ दिनमा ३० भन्दा बढीनिःशुल्कसंगीत लाइभ प्रदर्शनहरू हुनेछन्। 

भव्य कलाकारहरूको लाइनअपको जानकारीको लागि 【MUSIC CITY TENJIN】

को आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमा हेर्नुहोस्।

यसका साथै, संगीत कार्यक्रम 【TENJIN SHOWTIME】 पनि आयोजना हुनेछ। यो कार्यक्रममा तेन्जिन क्षेत्रका ८ स्थानहरुमा ३५ समूहका कलाकारहरूको ७० स्टेज कार्यक्रमहरु समावेश छन्। क्लासिकलदेखि, रक, जाज, गोस्पेल, पपसम्मका विभिन्न शैलीका आकर्षक संगीतहरुको प्रस्तुत हुनेछन्।

पूरै तेन्जिन संगीतले झुमिरहेको यस विशेष समयमा, केवल यस समयमा मात्र अनुभव गर्न सकिने तेन्जिनको पक्कै पनि आनन्द लिनुहोस्।

 

 

【& SAKE FUKUOKA】

 अर्को जानकारी छ, यस सप्ताहन्तमा आयोजना हुन गईरहेको अर्को कार्यक्रमको बारेमा।

फुकुओका इन्टरनेशनल सेन्टरमा शनिबार र आइतवार २८ र २९ तारिखमा फुकुओका प्रिफेक्चरका साके ब्रुअरीहरू र फुकुओकालाई प्रतिनिधित्व गर्ने रेस्टुरेन्टहरू एकसाथ ल्याउँदै एउटा ठूलो कार्यक्रम [&SAKE FUKUOKA 2024] आयोजना हुन गईरहेको छ।

यो कार्यक्रम केवल मदिरा र भोजनको आनन्द लिने मात्र होइन, फुकुओकाको मदिराको माध्यमबाट खाना, संगीत, वातावरण, समय, र मानिसहरूसँगको भेटघाटको अद्भुततालाई अनुभव गर्न सकिने अवसर हो। फुकुओकाका ४३ वटा मदिरा कारखानाका वस्तुहरू यसमा समावेश छन्। साथै, केवल मदिरा मात्र होइन, रिजर्भ गर्न गाह्रो हुने लोकप्रिय रेस्टुरेन्टहरूको विशेष मेनुहरू पनि प्रस्तुत हुनेछन्।

फुकुओका प्रान्त जापानको प्रमुख मदिरा उत्पादन गर्ने क्षेत्रहरुमध्ये एक हो। फुकुओका प्रीफेक्चर भित्र धेरै ब्रुअरीहरू छन्। यहाँ मदिरा बनाउनको लागि स्थानीय चामल जस्तै "यामादा निशिकी" र "युमे इक्कोन" जस्ता सामग्रीहरूको प्रयोग प्रचलित छ। फुकुओकाको उत्कृष्ट मदिरा चाख्नको लागि अवश्य जानुहोस्।

2024.09.19[Thu] 09:00

चिकित्सा तथा स्वास्थ्य(医療・保健)

【Sing! HAKATA】

फुकुओकामा सेप्टेम्बर महिनालाई म्युजिक मन्थ (संगीत महिना) भनेर चिनिन्छ, यो १ महिनासम्म फुकुओका संगीतले भरिन्छ। यस हप्ताको अन्त्यमा JR हाकाता स्टेशन अगाडि आयोजना हुन गईरहेको, नागरिक सहभागिता संगीत कार्यक्रम 

【Sing! HAKATA】को बारेमा जानकारी दिनेछु।

अघिल्लो १० वर्षदेखि आयोजना हुँदै आएको 【क्यूसु गोस्पेल फेस्टिवल इन हाकाटा】ले यस वर्ष गोस्पेलका साथमा, कोरस र आकापेला जस्ता नयाँ संगीत विधाहरू थप्दै, नयाँ स्वरूपमा 【Sing! HAKATA】प्रस्तुत हुनेछ।

कार्यक्रममा प्रसिद्ध कलाकारहरूको उपस्थिति हुनुका साथै रेडियो कार्यक्रमसँगको सहकार्यमा विशेष स्टेज हुनेछ। यस बाहेक, सर्वसाधारण सहभागीहरूको लागि गोस्पेल, कोरस, र आकापेला गरि  ३ खण्डमा प्रस्तुतिहरू हुनेछन्। जहाँ क्लासिकदेखि पपसम्मका फरक-फरक संगीत विधाहरूमा सामूहिक रूपमा गीत गाउँने आनन्दको अनुभव गर्न सकिन्छ।

यो कार्यक्रम यस हप्ताको अन्त्यमा, सेप्टेम्बर २१ र २२ तारिकका दुई दिन शनिबार र आइतबार, बिहान १० बजेदेखि राति ८ बजेसम्म, JR हाकाता स्टेशन अगाडिको मैदानमा आयोजना हुनेछ। अवश्य पनि जानुहोस् र रमाइलो गर्नुहोस्!

 

 

फुकुओका शहरको सूचना

क्षयरोग रोकथाम सप्ताहको बारेमा

सेप्टेम्बर २४ देखि सेप्टेम्बर ३० सम्म क्षयरोग रोकथाम सप्ताह हो।

क्षयरोग एक यस्तो रोग हो, जसमा क्षयरोग ब्याक्टेरियाको कारण मुख्यतया फोक्सोमा जलन हुन्छ।

यो एक सरुवा रोग हो।

२०२३ मा, फुकुओका शहरमा १४० नयाँ क्षयरोग बिरामीहरु पाईएका थिए।

हालैका वर्षहरूमा, जापानी भाषा शैक्षिक संस्थाहरूमा सामूहिक संक्रमणका घटनाहरू पनि पाईएका छन्।

क्षयरोगका लक्षणहरूमा खोकी, खकार, ज्वरो, खकारमा रगत, छाती दुख्ने, अस्वस्थता, राती पसिना, र तौल घट्नु आदि समावेश छन्। शुरुका लक्षणहरू रुघाको जस्तै देखिन्छन्।

"खोकी २ हप्ता भन्दा बढि रहेमा", "खकार निस्केमा", "शरीर गलेमा", "अचानक तौल घटेमा" आदि केहि लक्षणहरु देखा परेमा, तुरुन्तै चिकित्सालयमा परामर्श लिनुहोस्।

प्रारम्भिक पहिचान र उपचारले रोगलाई गम्भीर हुनबाट बचाउने मात्र नभई, परिवारका सदस्य, साथीभाई र कार्यस्थल आदिमा संक्रमण रोकथाम गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दछ।

क्षयरोग, सँधै संक्रमित भएको कारणले मात्र विकसित हुँदैन।

यदि शरीरको प्रतिरोधात्मक क्षमताले क्षयरोग ब्याक्टेरियालाई नियन्त्रण गर्न सकेन भने, 

यो समयसँगै वृद्धि भएर रोगको रूपमा प्रकट हुन सक्छ।

संक्रमण र रोगको विकासलाई रोक्नको लागि, पर्याप्त निद्रा, सन्तुलित आहार, नियमित रूपमा शारीरिक व्यायाम जस्ता दैनिकी स्वास्थ्य अभ्यासहरू प्रभावकारी हुन्छन्।

त्यसैगरी, यदि क्षयरोग भएको पत्ता लागे पनि, डाक्टरको निर्देशनअनुसार हरेक दिन नियमित रूपमा औषधि सेवन गर्दा यो निको हुन्छ।

फुकुओका शहरमा, Fukuoka City Medical Interpreting Call Center, त्यहाँ अस्पताल खोज्नको लागि फोन मार्फत सल्लाह लिन सक्नुहुन्छ।

साथै, अस्पतालमा डाक्टरसँग कुरा गर्दा वा अस्पताल तथा फार्मेसीबाट औषधि लिंदा पनि यो सेवा प्रयोग गर्न सकिन्छ। यो सेवा २४ घण्टा, हरेक दिन उपलब्ध छ। फोन नम्बर ०९२-७३३-५४२९ हो। 

यो सेवा २० भाषाहरुमा उपलब्ध भएकोले समस्या परेमा अवश्य परामर्श लिनुहोस्।

2024.09.12[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【NAKASU JAZZ】

फुकुओकाको म्युजिक मन्थ। यो एक महिना फुकुओका शहर संगीतले भरिपूर्ण हुनेछ।सेप्टेम्बरको दोस्रो हप्ताको शनिबार र आइतबार, अर्थात् १४ र १५ तारिकमा, फुकुओका शहरहाकाता वार्डको नाकासुमा, निःशुल्क JAZZ फेस्टिवल, " NAKASUJAZZ" को आयोजना हुन गईरहेको छ। 

दुईदिनकोयसफेस्टिवलमा, नाकासुकोसडकहरूमास्टेजहरूठडिएकाअनिरोमान्चककलाकारहरूकोप्रत्यक्षप्रदर्शनहरुलेसडकहरूभरिएकादेख्नसक्नुहुन्छ। ज्याज प्रेमीहरू लगायत ज्याज थाहा नभएकाहरुले पनि यसको मनोरञ्जन लिन सक्नुहुन्छ।

स्ट्यान्डर्डदेखि लिएर नवीनतम JAZZ नम्बरसम्मका विविधता प्रत्यक्ष हेर्न पाउँदा जोश र उत्साहले प्रभावित  हुनु हुनेछ। त्यसमाथि सबै स्टेजहरु नि:शुल्क हेर्न पाउने भएकोले यो अवसरलाई पक्कै पनि नछुटाउनु होला!

यस वर्ष १६ औं पटक आयोजित यस कार्यक्रम, स्थानीय बासिन्दाहरू र JAZZ प्रेमीहरूको स्वयंसेवक सहयोगले सम्भव भएको हो। यो संगीत महोत्सव प्रेम र जोशले भरिपूर्ण विशेष कार्यक्रम हो। "नाकासुमा JAZZ फिट हुन्छ" भन्ने स्लोगनलाई, एकपटक अनुभव गरेर हेर्नुभए कसो होला!

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

सेप्टेम्बर २४ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना

तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने "शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा" (याराना हिरोबा) सञ्चालन भइरहेको छ। 

सेप्टेम्बरमा यो कक्षा २४ तारिकमा सञ्चालन हुनेछ।

समय बिहान १०:३० देखि ११:३० सम्म हो।

सेप्टेम्बर महिनाको कार्यक्रमको विषय हो, "बाल पालन सहयोग कन्सर्ट (रिलाक्सेशन हार्प र गिटार)" । संगीत सुन्दै, आमाबुबा र बच्चाहरूले आरामदायी समय बिताउन सक्छन्।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको होमपेज वा फेसबुकमा हेर्नुहोस्।



 कानूनीपरामर्शरमानसिकपरामर्शअर्थात्व्यक्तिगतपरामर्शकोपरिचय

 फुकुओका सिटी इन्टरनेशनल सेन्टरमा रहेको फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क कानूनी परामर्शमानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श प्रदान गर्दैआईरहेको छ।

 “कानूनी परामर्श, हरेक महिनाको पहिलो शनिबार, बिहान १०:३० देखि दिउँसो १:३० बजेसम्म र 

तेस्रो बुधबारको दिउँसो १:०० बजेदेखि ४:०० बजेसम्म, प्रदान गरिंदै आइरहेको छ।परामर्श अवधि ४५ मिनेट। 

बुकिंगको आधारमा Fukuoka Bar Association को प्रसाशनिक वकिलद्वारा निःशुल्क परामर्श प्राप्त गर्न सक्नुहुन्छ।भाषा अनुवादकको आवश्यकता भएमा, निःशुल्क अंग्रेजी अनुवादकको व्यवस्था गरिदिने भएकोले बुकिंग गर्नुहुँदा भन्नुहोला।

मानसिक परामर्श अर्थात् व्यक्तिगत परामर्श, हरेक हप्ताको सोमबार, मंगलबार, र विहिबार, जापानी क्लिनिकल मनोवैज्ञानिकहरुद्वारा, अंग्रेजी र जापानी भाषामा परामर्श प्रदान गरिंदै आइरहेको छ। चाहनुहुने महानुभावहरुले बुकिंग गर्नुहोला।

जुनसुकै परामर्श पनि, गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

सम्पर्क काउन्टर खुल्ने समय, सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म हो। 

फोन नम्बर ०१२०-६६-१७९९ हो।

2024.09.05[Thu] 09:00

प्राकृतिक प्रकोप(災害)

【SUNSET LIVE 2024】

फुकुओकामा सेप्टेम्बर महिनालाई "म्यूजिक मन्थ" को रूपमा मनाइन्छ। सेप्टेम्बरभरि फुकुओका संगीतले भरिपूर्ण हुन्छ।
सेप्टेम्बरको पहिलो हप्तामा हुने वार्षिक संगीत कार्यक्रमको कुरा गर्दा, " SUNSET LIVE 2024" यस वर्ष ३० औं र अन्तिम पटक आयोजना हुँदैछ।
यो हप्ताको अन्त्यमा, शनिबार र आइतबार, अर्थात् ७ र ८ तारिकमा, इटोसिमा शहरको खेया समुद्र किनार र क्याम्पिङ स्थलमा विशेष स्टेजमा बाहिरी संगीत कार्यक्रम आयोजना हुँदैछ।
समुद्र र पहाडको नजिकको प्राकृतिक वातावरणमा, उत्कृष्ट स्थानको पृष्ठभूमिमा चर्चित कलाकारहरूको प्रदर्शनको आनन्द लिन सकिन्छ। थप रूपमा, फुकुओकाका लोकप्रिय रेस्टुरेन्टहरूको स्वादिष्ट परिकार पनि मज्जासँग स्वाद लिन सकिन्छ। साथै, समुद्र किनारमा समुद्री खेलकुदको मज्जा पनि लिन सकिन्छ।
समुद्र किनार सफा गर्ने काम र बालबच्चाको हेरचाहको सुविधा सहित, मानिस र वातावरण दुबैको लागि आतिथ्यताले भरिपूर्ण "सनसेट लाइभ" विशेष कार्यक्रम हो। सबै उमेरका मानिसहरूले यसलाई रमाइलोका साथ मनाउन सक्छन्।
"फुकुओकाको गर्मी सिजन सनसेटले समाप्त हुन्छ" भन्ने भनाइ जत्तिकै, फुकुओकाको सेप्टेम्बर महिनामा यो कार्यक्रम एक महत्वपूर्ण परम्परा रहँदै आएको छ। यस अन्तिम विशेष स्टेजलाई अवश्य हेर्नुहोस्।

 

 

फुकुओका शहरको सूचना

विपद् रोकथाम दिवस र भण्डारण प्रोत्साहन सप्ताहको बारेमा

यो फुकुओका शहरको सूचना हो।

हरेक वर्ष सेप्टेम्बर १ "विपद् रोकथाम दिवस" ​​हो।

फुकुओका शहरमा, सेप्टेम्बर १ को "विपद् रोकथाम दिवस" देखि सेप्टेम्बर ७ सम्मको एक हप्तालाई "फुकुओका शहर भण्डारण प्रोत्साहन सप्ताह" भनेर तोकिएको छ।

 भण्डारण वा जापानी भाषामा "बिचीकु" भन्नाले आपतकालीन समयका लागि, खाद्य सामग्री आदि संचित गरेर राख्नु हो। घर वा कार्यस्थलहरुमा "भण्डारण" को शुरु लगायत नागरिकहरुमा विपद् रोकथामको बारेमा जनचेतना जगाउने प्रयासहरू भइरहेका छन्।

किन भण्डारको आवश्यकता भएको होला?

  • यदि भूकम्प वा आंधी आयो र सुरक्षित भयो भने पनि, हामी पानी र खानाबिना बाँच्न सक्दैनौं।

  • पसल बन्द भएमा, खाना वा पेय पदार्थ किन्न सक्दैनौं।

  • यदि पानी आपूर्ति बन्द भयो भने, पिउने पानी पाउन सक्दैनौं।

  • यदि बिजुली वा ग्यासको लाईन काटिएको छ भने, खाना पकाउन सक्दैनौं। 

  • त्यसैले, बाँच्न सफल भएको ‘जीवनको सुचारुक्ता’ को लागी, दैनिक रुपमा भण्डार गर्न आवश्यक छ।

 के र कसरी भण्डार गर्दा राम्रो होला त?

  • पिउन मिल्ने पानी र ३ दिनको लागि पुग्ने गरि खानेकुरा तयारी गरि राखौं।

  • प्रति दिन १ जनालाई करीव ३ लिटर पानी आवश्यक पर्छ।

  • आपतकालिन खाना जस्तै भात (अल्फा चामल आदिको), क्यान् खाना, बिस्कुट, चकलेट बार, र सुख्खा रोटी आदि जस्ता नपकाईकन खान सक्ने खानेकुराहरु तयारी गरि राखौं।

  • रेडियो वा फ्ल्यासलाइटमा ब्याट्री छ छैन जाँच गरि राखौं।

  • सँधै खाई रहनु भएको औषधि र टास्ने पट्टि जस्ता प्राथमिक उपचार सामग्रीहरू पनि तयार गरि राखौं।

  • यदि परिवारमा बच्चा छ भने, डायपर जस्ता आवश्यक सामग्रीहरू तयार गरि राखौं। 

पिउने पानी बाहेक,शौचालय फ्लश गर्नका लागि घरेलु पानी पनि आवश्यक पर्छ। दैनिक रुपमा, पोलीट्यांकमा धाराको पानी भरेर राख्ने, ओफुरोमा पानी भरेर राख्ने आदि जस्ता तयारीहरु गरि राखौं।

यसका साथै, सामान्य रूपमा खाने भन्दा अलि धेरै किनेर राखी, खाएर सक्यो भने पनि, सकेको भाग मात्र किनेर थपी, घरमा खानेकुराको एक निश्चित संचय गर्ने विधिलाई "रोलिंग स्टक" भनिन्छ।

खानेकुराको म्याद सकिने मितिबारे चिन्ता बिना, आपतकालिनको लागि तयारी गर्न सक्ने भएकोले यो बिधि अपनाउन प्रेरित गरिन्छ।

वर्षेनी, यस समयतिर  समुन्द्रि आँधी आउने सम्भावना धेरै हुने भएकोले, विपद्को लागि पुनः तयारी गरि राखौं।

2024.08.29[Thu] 09:00

कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【अंगूर बजार】

अहिलेको मौसमी फल भनेको "अंगुर"। फुकुओकामा पनि स्वादिष्ट अंगुर खान पाइन्छ। के तपाईंहरुलाई थाहा छ, फुकुओका सिटीकोनिशि वार्डमा रहेको खानाताके क्षेत्र, स्वादिष्ट अंगुर उत्पादन हुने क्षेत्र हो। प्रकृतिले घेरिएको माटो, अंगुर खेतीका लागि उपयुक्त हुने भएकोले यहाँ करिब ५० वर्षदेखि यसको खेती गरिँदै आएको छ।

यस वर्ष पनि मीठो र स्वादिष्ट "अंगुर" सिधै उत्पादन क्षेत्रबाट बिक्री गर्न सुरु भएको छ। "खानाताके नो सातो पार्क" भित्र, "CO_YARD KANATAKE" मा, सेप्टेम्बरको मध्यसम्म मात्र फसलको अवधिमा बिक्री गरिन्छ। हरेक बिहान ९ बजेबाट, सो दिन टिपेका रसिला "अंगुरहरु" विभिन्न जात र ब्रान्डमा पङ्क्तिबद्ध राखेका हुन्छन्। शाइन मस्कट पनि उपलब्ध छ। दिउँसो पनि बिक्री गरिन्छ, तर एक पटक बिक्री सकिएपछि, बजार बन्द हुन्छ, त्यसैले त्यहाँ चाँडै पुग्नु राम्रो हुन्छ।

मौसमी फलबाट पौष्टिकता प्राप्त गरेर, बाँकी गर्मीलाई पनि सहजै पार गरौं!

 

 

Cinema Night Fukuoka

अब अर्को जानकारी छ, "Cinema Night Fukuoka" को बारेमा। 

फुकुओका सिटीको निशि वार्ड उमी नो नाखामिचीमा रहेको रिसोर्ट होटल "The Luigans Spa & Resort" मा आयोजना हुने आउटडोर चलचित्र हेर्ने कार्यक्रम हो।

गर्मी मौसममा, समुद्र किनारको नजिक रातको हावाको मज्जा लिंदै, ठूलो स्क्रिनको अगाडि लेजर शीट ओछ्याएर आरामसाथ चलचित्र हेर्न सकिने यो कार्यक्रम, लोकप्रिय बन्दै आएको छ।

यो कार्यक्रम सेप्टेम्बरसम्म हरेक बुधवार र शनिबार राति आयोजना हुन्छ। प्रवेश तथा चलचित्र हेर्न निःशुल्क हो! चलचित्रहरूमा, नयाँ फिल्महरूदेखि लिएर सदाबहार क्लासिकहरू, र बच्चाहरूको लागि एनिमेटेड फिल्महरू समेत समावेश छन्।

साथै, कार्यक्रम स्थलमा किचन कारहरू पनि हुन्छन्, त्यसैले पेय पदार्थ र खानाका साथ चलचित्रको मजा लिन सक्नुहुन्छ।

समुद्र किनारको घाँसे मैदानमा सूर्यास्त हेर्दै कार्यक्रम सुरु हुन्छ, र रातको आकाशमुनि आरामसँग चलचित्र हेर्न सक्नुहुन्छ। यदि समय ठ्याक्कै मिल्यो भने, आतिशबाजी पनि देख्न सक्नुहुन्छ

जान ईच्छुक महानुभावहरुले, आधिकारिक वेबसाइटमा गएर प्रदर्शन हुने चलचित्रहरूको जानकारी लिई, बुकिङ गर्नुहोस्।

गर्मीको रातको लागि उपयुक्त मानिने यस कार्यक्रमको अनुभव लिएर हेर्दा कसो होला

2024.08.22[Thu] 09:00

नियम तथा आचरण(ルール・マナー) , कार्यक्रम तथा मनोरन्जन(イベント・娯楽)

【फुकुओका सिटी चिडियाखानामा हात्ती आइपुगेको छ!】

फुकुओका सिटी चिडियाखानामा चारवटा हात्तीहरु, हालै म्यानमारबाट आएका छन्! ती चारमध्ये एउटा भाले र तीनवटा पोथीहरु छन्। उनीहरूलाई तीन महिना जति नयाँ वातावरणमा अनुकूलन गरिनेछ, त्यसपछि उनीहरूलाई यस शरद ऋतुमा सर्वसाधारणका लागि प्रदर्शन गरिने योजना रहेको छ। अहिले ती चारै हात्तीहरू स्वस्थ छन् र कुनै स्वास्थ्य समस्या छैन। चिडियाखानामा नयाँ हात्तीहरूको तस्बिर र भिडियो पनि हेर्न सकिन्छ। साथै, अगस्त ८ सम्ममा, ती चार हात्तीहरूको नामको लागि सुझाव पनि मागिएको छ।

अहिले, गर्मी मौसमको विशेष कार्यक्रम "रातको चिडियाखाना" पनि ९ सेप्टेम्बरसम्म प्रत्येक शनिवार आयोजना भइरहेको छ। यस कार्यक्रमको क्रममा, रातमा सक्रिय हुने जनावरहरूको व्यवहार र उनीहरूको खाना खुवाउने समयको अवलोकन गर्न सक्नुहुन्छ। यो विशेष अनुभवलाई मिस नगर्नुहोस् र गर्मीको समयमा मात्र खुला हुने, यस कार्यक्रमको मजा लिन फुकुओका सिटी चिडियाखानामा घुम्न जानुहोस्!

 

 

फुकुओका शहरको सूचना

मापसे ड्राइभिंग उन्मूलनको बारेमा

२००६ अगस्त २५ मा, हिगासी वार्डको "उमि नो नाखा मिची ओहाशी" मा, मापसे गरि सवारी चलाउँदा, तीन जना बच्चाहरुको ज्यान जाने गरि दुर्घटना भएको यस वर्षबाट १८ वर्ष पुग्यो। फुकुओका सिटीले यस दुर्घटनालाई मध्यनजर गरि, मद्यपान गरेर सवारी चलाउने कार्यलाई अन्त्य गर्नका लागि विभिन्न पहलहरू गर्दै आएको छ।

मदिरा सेवन गरि गाडी चलाउनु अपराध हो। 

मदिराको सेवन गरेपछि कार, मोपेड, वा साइकल नचलाउनुहोस्।

मदिराको सेवन गरेको व्यक्तिलाई कार भाँडामा दिने वा गाडी चलाउने व्यक्तिलाई रक्सी पिउन प्रोत्साहन नगर्नुहोस्। साथै, सवारी चालकले मदिराको सेवन गरेको थाहा पाउँदा, त्यस कारमा नचढ्नुहोस्।

मदिरा सेवन गरि गाडी चलाउँदा, ध्यान र निर्णय गर्ने क्षमता कम हुन्छ। यसले गर्दा खतराको आभास ढिलो हुने,अत्यधिक गति गर्ने जस्ता कार्यहरू हुन सक्छ, जसले गर्दा सडक दुर्घटनाको सम्भावना बढ्छ।

साथै, निम्न किसिमको गाडीहरुलाई हेरेरचालकले मदिरा सेवन गरि चलाएको थाहा हुन सक्छ। यदि यस्तो देख्नु भएमा, कृपया ११० नम्बरमा सम्पर्क गर्नुहोस्।

  • ट्राफिक लाइटमा स्टप लाइनभन्दा निकै अघि गाडी रोकिन्दा 

  • ट्राफिक लाइट हरियो बले पनि, गाडी नचलाउँदा 

  • अनियन्त्रित रुपले गाडी गुड्दा

  • गाडीको गति अचानक बढ्ने-घट्ने भई रहँदा

"मदिरा सेवन गरि सवारी नचलाऔं, चलाउन नदिऔं, यस्तो काम गर्नेलाई माफी नदिऔं र देखेपछि बेवास्ता नगरौँ"  भन्ने दृढ इच्छाशक्ति प्रत्येक व्यक्तिमा हुनु आवश्यक छ। 

हामी सबै मिलेर मदिरा सेवन गरेर गाडी चलाउने कार्यलाई पूर्ण रूपमा अन्त्य गरौँ!



 Fukuoka Prize को बारेमा

 फुकुओका शहरले एशियाली शैक्षिक अनुसन्धान, कला र संस्कृतिमा उल्लेखनिय योगदान पुर्‍याउनेव्यक्तिहरुलाई Fukuoka Prize ले सम्मान गर्दै आईरहेको छ। 

यस वर्षको ३४औँ Fukuoka Prize का विजेताहरुमा,

The Grand Prize कोविजेतामा, मिडिया आर्टको क्षेत्रमा सक्रिय हुनुहुने मानाबे डाइतो 

The Academic Prize मा, इतिहासविद् सुनील अमृत

The Arts and Culture Prize मा, कलाकार किमसुजा छनोट भएका छन्।

पुरस्कार समारोह सेप्टेम्बर २६ (बिहीबार) र त्यसपछि सेप्टेम्बर २७ (शुक्रबार) र २८ (शनिबार) मा नागरिक मञ्चको आयोजना हुनेछन्।

२७  (शुक्रबार) The Grand Prize विजेता मानाबे डाइतोको लेक्चर, २८ (शनिबार) दिउँसो, The Academic Prize प्राप्त गर्ने सुनिल अमृत,साँझमा The Arts and Culture Prize विजेता किम सुजाको लेक्चर हुनेछन्।

सबैमा निःशुल्क सहभागी हुनसक्नुहुन्छ।

आवेदन दिनका लागि, "福岡アジア文化賞" वा "Fukuoka Prize" भनि खोजी, आधिकारिक होमपेजमा

हेर्नुहोला।

आवेदनको अन्तिम मिति सेप्टेम्बर ५ (बिहिबार) सम्म। पुरस्कार समारोह वा नागरिक फोरम जुन कार्यक्रम भए पनि दुई दिन अघि आवेदन दिन आवश्यक छ।

2024.08.15[Thu] 09:00

अन्य(その他) , बालबच्चा तथा शिशु हुर्काई(子ども・子育て)

【ISLA DE SALSA】

यस वर्ष २५ औं वार्षिकमा टेकेको छ, आउटडोर वर्ल्ड बीट एण्ड डान्स फेस्टिवल【ISLA DE SALSA】। 

अगस्ट ३१ र सेप्टेम्बर १ गरि दुई दिनको यो फेस्टिवल,नोकोनोशिमा क्याम्पमुरामा आयोजना हुन गईरहेको छ। जापानको प्रख्यात साल्सा ब्यान्ड "Orquesta De La Luz" लगायत, देशभित्र र विदेशका उत्कृष्ट स्तरका संगीतकार र नृत्य कलाकारहरुको उपस्थिति हुनेछन्। दर्शकहरु सबै एकसाथ, तालमा ताल मिलाएर नाच्ने र रमाइलो गर्ने यस फेस्टिवलमा, अन्य आकर्षणहरु जस्तै, समुद्र किनारमा आराम गरेर घाम ताप्ने, BBQ र स्वादिष्ट परिकारहरुको स्वाद लिने आदि सबै उमेरकाले आफ्नै तरिकाले रमाइलो गर्न सक्ने कार्यक्रम हो। क्यारेबियन समुद्रको भ्रमण जस्तो अनुभव गराउने यस बिशेष वातावरणमा, साल्साको मजा लिएर हेर्ने होइन त!

 

 

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनको सूचना

“अगस्ट २७ तारिक, नाराया सामुदायिक केन्द्रमा शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा” सम्बन्धी सूचना

 तपाईँहरु आफ्ना बच्चासँग रमाइलो समय बिताउन मिल्ने ठाउँको खोजीमा हुनुहुन्छ भने,

हाकाता वार्डमा रहेको नाराया सामुदायिक केन्द्रमा, हरेक महिनाको चौथो मंगलबार, आमाबुबा र बच्चाहरुले रमाइलो समय बिताउन सक्ने शिशु तथा बालबालिका अन्तरक्रिया कक्षा, जसलाई "याराना हिरोबा" पनि भनिन्छ, सञ्चालन भइरहेको छ। 

अगस्टमा यो कक्षा २७ तारिखमा सञ्चालन हुनेछ।

समय बिहान १०:३० देखि ११:३० सम्म हो।

अगस्ट महिनाको कार्यक्रमको विषय "अंग्रेजीमा कथा वाचन र फ्री स्पेस" हो। आमाबुबा र बच्चाहरुले अंग्रेजी प्रयोग गरेर चित्रकथा रमाइलो गर्न सक्छन् र अंग्रेजी गीत तथा हातले खेल्ने खेलहरुमा पनि सँगै भाग लिन सक्छन्।

आवेदन विधि र विस्तृत जानकारीको लागि, कृपया फुकुओकासिटीइन्टरनेशनलफाउण्डेसनको होमपेज वा फेसबुकमा हेर्नुहोस्।

 

 

“विदेशीहरुका लागि आप्रवासन, आवास र राष्ट्रियता सम्बन्धि परामर्श”

आवासको स्थिति र आवास अवधिको बारेमा, केही कुरा नबुझ्नु भएको छ कि?

फुकुओका सिटी इन्टरनेशनल फाउण्डेसनमा, फुकुओकामा बस्नु हुने विदेशीहरूका लागि निःशुल्क परामर्शहरु प्रदान गर्दै आईरहेको छ। 

हरेक महिनाकोदोस्रो आइतबारको दिउँसो१ बजेदेखि ४ बजेसम्म, प्रसाशनिक वकिलद्वारा तपाईंहरुको प्रश्न र परामर्शको उचित सल्लाह दिनुहुन्छ।परामर्शका लागि इच्छुक महानुभावहरुले दिउँसो ३:३० सम्ममा काउण्टरमा सम्पर्क राख्नु होला।

अंग्रेजी, चाइनिज र जापानी भाषामा परामर्शका लागि अग्रिम बुकिंग गर्न आवश्यक छैन।

अन्य भाषाहरुमा परामर्श लिन चाहनुहुने महानुभावहरुले, २ हप्ता अगाडि सम्ममा सम्पर्क गर्नुहोला।

जुनसुकै परामर्श पनि गोपनीयता कडा पालन गर्ने भएकोले ढुक्क भएर परामर्श लिनुहोस्।

बिस्तृत जानकारीका लागि, फोन नम्बर, ०१२०-६६-१७९९ मा सम्पर्क गर्नुहोला।

सोमबारदेखि शुक्रबार, बिहान ९ बजेदेखि बेलुका ५:३० बजेसम्म कल स्वीकार गरिन्छ।

<< previous 1 2 3 4 5 6 7 8 9

DJ紹介

  • Sarita
  • Sarita
  • 誕生日: 7月10日
    趣味: 音楽を聞く、旅行する

番組ページへ

リクエスト&メッセージ